बाढी अपडेट : राजधानीमा मात्रै मृत्यु हुनेको संख्या ३२ पुग्यो

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १४:५६
फाइल फाेटाे

विराटनगर । बाढी–पहिरोका कारण राजधानी काठमाडौँमा मात्रै ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार ३२ जनाको शव भेटिएको हो । १२ जना बेपत्ता भएका छन् ।

काठमाडौँमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको छ । काठमाडौँमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन् ।

काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते छन्।

बाढी–पहिरोमा फसेका काठमाडौंका ५८९ जना, ललितपुरका ४१६ जना र भक्तपुरमा ४८ जना गरी १०५३ जनाको उद्धार भएको प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.