
विराटनगर । मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर स-परिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले अदालतको आदेशलाई समेत चुनौती दिएका छन् ।
फेसबुकमा स्ट्याटस लेख्दै र भिडिओ सन्देश छाड्दै उनले आफूलाई अदालतले नभइ जनताले मेयर बनाएको बताए । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले ‘रडाको नमच्चाउनू’ भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

























