दीपक मनाङेको सांसद पद गयो, मनाङ(ख)मा उपनिर्वाचनकाे बाटाे खुल्याे

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ४, बुधबार २०:४९

काठमाडौं । दीपक मनाङे उर्फ राजीव गुरुङ पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि उनको सांसद पद गुमेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले गरेको निर्णयसँगै सो मनाङ ‘ख’ मा उपचुनाव गर्न बाटो खुलेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले आजको मितिबाट उनी पदमुक्त भएको निर्णय गरेको हो । थुनामा रहेका मनाङे निलम्बित थिए । उनले फेरि चुनाव लड्न पाउने बाटो बन्द भएको छ ।

२०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनालाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वाेच्चको फैसलापछि मनाङे डिल्लीबजार कारागार छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.