राष्ट्र बैंकलाई उद्योग संगठन मोरङकाे १८ बुँदे सुझाव

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १८:०७

विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकलाई १८ बुँदे सुझाव पेश गरेको छ । आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गर्ने मौद्रिक नीतिमा उद्योग व्यवसाय क्षेत्रका तर्फबाट उद्योग संगठन मोरङले १८ बुँदे सुझाव पेश गरेको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले बजार संकुचन र मागमा आएको कमीका कारण निष्क्रिय कर्जामा वर्गीकरण भएका ऋणहरूको पुनरतालिकीकरणका लागि लचिलो नीति अपनाउन सुझाव दिइएको बताए ।

हाल प्राइभेट लिमिटेड कम्पनीले कर्जा लिदा कम्पनीका सबै शेयर हेल्डरहरुले शतप्रतिशत कर्जाको दायित्व बहन गर्नुपर्ने व्यवस्था छ । यस्ले लगानीलाई निरुत्साहित गर्ने भएकोले प्राइभेट लिमिटेड कम्पनीको सर्वमान्य सिद्धान्त अनुसार प्रत्येक शेयर होल्डरले आफ्नो लगानी शेयर बराबरको मात्रै दायित्व हुने व्यवस्था गर्न माग गरेको छ ।

कर्जाको पुनरतालिकीकरण सुविधासँगै , चालू पूँजीकर्जा, उधारो कारोबार नियमन, ऋण धितो अनुपात, व्यवसाय विकास सेवा संस्थागत प्रबन्ध गर्ने लगायत विषयमा संगठनले सुझाव दिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.