सुनचाँदीको मूल्य बढ्यो

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १०:४७

काठमाडौं । नेपाली बजारमा पछिल्लो २ दिनयता लगातार घटिरहेको सुनको मूल्यमा सामान्य वृद्धि भएको ।

बिहीबार तोलाको ३ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार १ लाख ९२ हजार रुपैयाँ प्रतितोला थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ३५ रूपैयाँले मूल्य बढेको हो । भाउ बढेसँगै चाँदी तोलाको २ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार मूल्या प्रतितोला २ हजार १ सय ४० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.