
विराटनगर । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस २०८२ को अवसरमा सुनसरीमा विभिन्न कार्यक्रम गरिएको छ । ‘अबको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ असार १२ गते सुनसरीमा कार्यक्रम आयोजना गरेको हो ।
“म मेरो घरमा दुर्व्यसनी नभित्रियोस् भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु”भन्ने प्रतिवद्धतासहित लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता भएको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीलगायतको उपस्थीति थियो ।
कार्यक्रममा उपस्थितहरुले “म मेरो घरमा दुर्व्यसनी नभित्रियोस् भनि प्रहरीलाई सुचना दिने प्रण गर्दछु” भन्ने प्रतिवद्धता अंकित व्यानरमा हस्ताक्षर गरे ।
मुख्यमन्त्री कार्कीले लागूऔषधको दुर्व्यसनले समाजलाई नकारात्क असर पारिरहेको बताउँदै सबैको समन्वय र सहकार्यमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा इनरूवा नगरपालिकाका प्रमुख केदार भण्डारी, सुनसरी जिल्ला समन्वय समिति प्रमुख राजन मेहतालगायतले सम्बोधन गरेका थिए । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले अबको युद्ध दुर्व्यसन विरुद्ध भएको बताए ।

























