विराटनगरमा २ दिने साउन मेला सुरु 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १७:५१

विराटनगर । महेश्वरी महिला मञ्चले विराटनगरमा २ दिने साउन मेलाको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले साउन मेलाको उद्‌घाटन गर्दै मेलाको सफलताको शुभकामना दिए । उनले महेश्वरी महिला मञ्चले समाजमा गर्दै आएको सेवा मूलक कामको प्रशंसा गरे ।

मञ्चले विराटनगरस्थित अतिथि सदनमा शुक्रबार र शनिबार २ दिने मेलाको आयोजना गरिएकाे हो ।

महेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजुले ८ वर्षदेखि साउन मेलाको आयोजना गर्दै आएको बताइन् । उनले मेलामा महिलाहरूका पहिरन र खाद्यान्नका ३२ वटा स्टल रहेको बताइन् ।

मेलामा कुर्ता सलवार, गहना, साडी, कस्मेटिकलगायतको सामानहरू प्रदर्शनीमा राखिएको छ ।

महेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष रचना राठी, अखिल भारत वर्षीय महेश्वरी महिला संगठनकी उपाध्यक्ष गिरिजा सारडा र महेश्वरी महिला मञ्च विराटनगरकी निवर्तमान अध्यक्ष पुनम राठीलगायतले मेलाको सफलताको शुभकामना व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.