
विराटनगर । नेपाली सांगीतिक बजारमा तीज विशेष नयाँ गीत सार्वजनिक भएको छ ।
समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को वेदना ( दिदी भाइ ४ )’ गीत सार्वजनिक भएको हो ।
गीतले छोरीको पीडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ ।
अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र होइन, नारीका संवेदनशील भावनात्मक पक्षलाई पनि समेट्न प्रयास गरेको छ।
गीतमा कृष्ण कँडेल र शोभा परियारको मार्मिक स्वर रहेको छ, जसले चेलीको पीडा र मायालु भावनालाई हृदयस्पर्शी बनाएको छ। गीतको गीतकार कृष्ण कँडेल हुन् भने संगीत अर्जुन पन्तले भरेका छन् ।
भिडियोतर्फ, निर्देशन स्वयं अर्जुन पन्तले गरेका छन् । मुख्य भूमिकामा अर्जुन पन्त, लक्ष्मी घिमिरे, कृष्ण कँडेल, थानेश्वरी उपाध्याय, अर्पण परियार, अमृत परियार, सभ्यता र समृद्धिले अभिनय गरेका छन्। भिडियोको छायांकन विजय गौडेल र सुरेश रेग्मी, सम्पादन तथा रङ संयोजन सुशील डाँगीले गरेका छन् ।
गीतले नारीले माइतीमा अनुभूति गर्ने प्रेम, पीडा र सम्झनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
विशेष गरी तीज जस्तो पर्वमा घरबाट टाढा रहेकी छोरीहरूको मनको भाकालाई यस गीतले सजीव चित्रण गरेको छ। पारिवारिक सन्देश, लोक, सांगीतिक भाव र सामाजिक यथार्थको समन्वय यस गीतको विशेषता बनेको छ।
यस गीतमार्फत निर्देशक अर्जुन पन्तले नेपाली समाजमा अझै रहेको छोरी –माइतीबीचको सम्बन्ध र भावनात्मक दूरीलाई उजागर गर्ने प्रयास गरेका छन् ।
गीत सार्वजनिक भएसँगै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ।

























