मधेशकाे खर्च ७१ प्रतिशत

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार ०७:००

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ मा जम्मा ७१ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ ।

२५ असार राति १२ बजेसम्म कुल बजेटको ७१ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको हाे ।

प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशकाे तथ्याङ्क अनुसार चालुतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा ३१ अर्ब ३७ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भएको हाे ।

अर्थ मन्त्रालयले सबैभन्दा धेरै ८३.३६ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले ३४.०६ प्रतिशत बजेट खर्च गरेको छ ।

यसैगरी, भौतिक पूर्वधार मन्त्रालयले ७८.२०, वन तथा वातावरण मन्त्रालय ७७.४५ र खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६९.३१ प्रतिशत खर्च गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.