
काठमाडौं । सेयर बजार बढेको छ । बिहीबार नेप्से परिसूचक २५.८९ अंक बढ्दा करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको हो । नेप्से २७३१ अंकमा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो । त्यसयता बजार २७३० भन्दा तल थियो ।
आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको थियो । आज ९ अर्ब ६८ करोडको कारोबार भएको छ ।
आज १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो ।
विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढेको छ । व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटेको छ ।

























