सुनचाँदीको मूल्य बढ्यो

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार ११:०८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुनको मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला १ लाख ९२ हजार ९ सय रूपैयाँ थियो ।

चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको हो । आइतबार तोलाको २ हजार २ सय ८५ रूपैयाँ रहेको चाँदी सोमबार प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.