
काठमाडौं । बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेलले पाएका छन् । मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै अध्यक्ष शरद ओझा स्वतः निलम्बनमा परेका छन् ।
अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई दिइएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालका लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको मन्त्रालय स्रोतले जनायो । पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् ।

























