
विराटनगर । नेपाली बजारमा आज बुधबार सुनकाे मूल्य घटेको छ । आज चाँदीकाे मूल्य पनि घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० थियाे । चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ थियो ।

























