
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकासहित मुलुकभरका ११ नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउन सकेका छैनन् ।
पालिकाले नीति, कार्यक्रम तथा बजेट प्रत्येक वर्ष असार १० गते ल्याइसक्नुपर्ने व्यवस्था छ । नेपाल नगरपालिका संघका अनुसार बजेट नल्याउनेमा हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको धरान उपमहानगरपालिकासहित ११ नगरपालिकाहरु छन् ।
बजेट ल्याउन नसकेका पालिकामा साउन १ गतेबाट ‘बजेट होलिडे’ सुरु भएको छ । बजेट ल्याउन नसकेका कोशी र मधेस प्रदेशका पालिकाहरुमा बजेट होलिडे’ भएको हो ।
धरानसहित सिराहाको सिराहा नगरपालिका, धनुषाको नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका, सप्तरीको डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, महोत्तरीको औरही नगरपालिका, रौतहटको देवाही गोनाही नगरपालिका र बाराको निजगढ नगरपालिकाले असारमा बजेट नसकेका हुन् ।


























