
विराटनगर । इलाममा एक युवककाे हत्या भएको छ । सूर्योदय नगरपालिका– १ मा एक युवककाे हत्या भएको हो । अर्का एक जना घाइते छन् ।
स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई– २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन् ।
प्रकाशलाई लिइ निरोज ससुराली घर गएका बेला सूर्योदय १, सिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ । शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























