सुनसरीमा युवतीको साथमा भेटियो ब्राउन सुगर

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १२:३१

विराटनगर । सुनसरीमा युवतीको साथमा ब्राउन सुगर (खैरो हेरोइन) भेटिएको छ । साथमा लागुऔषध खैरो हेरोइन फेला परेपछि सप्तरीको हनुमानगर–कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतीक्षाकुमारी राय पक्राउ परेकी छन् ।

उनलाई प्रहरीले बिहीबार साँझ सुनसरीको कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा रायको साथबाट १ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.