ट्रान्सफर्मरको तेल र तार चोरी

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १७:२०

विराटनगर । सुनसरीको देवानगन्जमा बिजुलीको ट्रान्सफर्मरभित्र रहेको तेल र तामाको तार चोरी भएको छ । चोरीमा संलग्नको पहिचान हुन सकिरहेको छैन ।

देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाही राजाजी थान अगाडिबाट सिँचाइ आयोजना मुलुकी डीप बोरिङ सञ्चालनका लागि जडान गरिएको ट्रान्सफर्मरमा तेल र तार चोरी भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बिजलीको पोलबाट तल झारेर तेल र तामाको तार चोरी गरेको अवस्थामा ट्रान्सफर्मर फेला परेको थियो ।

घटनाको जानकारी बुधबार बिहान ६ः३० बजेतिर इलाका प्रहरी कार्यालय देवानगन्जले प्राप्त गरेको थियो । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको डीएसपी खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.