‘प्रहरी हुँ’ भन्दै रकम असुल्ने पक्राउ

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार ११:१३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सुनसरी प्रहरीले विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिएर रकम असुली गर्ने १ जनालाई पक्राउ गरेको छ ।

‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहतालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार मेहतालाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी पोखरी चोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको डीएसपी खतिवडाले बताए । उनका अनुसार मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी बताउँदै विगत केही दिनदेखि सर्वसाधारणलाई धम्की दिएर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.