मोरङ र सुनसरीबाट ६ जना पक्राउ

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार १४:४०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । प्रहरीले मोरङ र सुनसरीबाट ६ जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेकाको साथबाट लागुऔषध बरामद भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कबाट को १ ह ८९८८ नम्बरको अटोमा सवार धरान उपमहानगरपालिका–६ का १ बालकको साथबाट ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको थियो । त्यसलगत्तै प्रहरीले २४ वर्षीय युवराज लिम्बू र अटो चालक धरान–८ का २८ वर्षीय निलन लिम्बूलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धरान–१४ का ५२ वर्षीय कुमार बस्नेत पक्राउ परेका छन् । उनको कोठाबाट स्पास्मोप्रोक्सिभन ५ सय ७५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले रतुवामाई नगरपालिका–६ का २९ वर्षीय मनोज कार्कीलाई पक्राउ गरेको छ । कार्कीको साथबाट ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

यसैबीच, वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर महानगरपालिका–९ का ३३ वर्षीय विकासकुमार साहलाई नियन्त्रणमा लिएको छ । लागुऔषधसहित पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.