झापामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार १७:२८
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । झापाको भद्रपुरमा शनिबार दिउँसो प्रहरीले लागुऔषध कारोबारमा संलग्न १ जना भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

भद्रपुर नगरपालिका –५ बाट भारतको किसनगञ्जका ३६ वर्षीय मोहम्मद इस्लामलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

शंका लागी नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि इस्लामलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट करिब १ सय २० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भित्री सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि नै जाइलागी भाग्न प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको छ।

गोली लागेर घाइते भएका इस्लामलाई तत्कालै नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.