सामान्य विवादमा कैँचीले घोचेर श्रीमतीको हत्या 

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार २०:२८

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

सामान्य घरायसी विवादको क्रममा कैँची प्रहार गरी श्रीमतीको हत्या गरेर घटनालाई दुर्घटना देखाउन खोजेको आरोपमा ३२ वर्षीय विजय भन्ने सन्जमान लिम्बूलाई पक्राउ गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी वेदप्रकाश गौतमले जानकारी दिए ।

सिरिजंगा गाउँपालिका –५ घर भइ फुङलिङ नगरपालिका –४ उकालीपानीमा डेरा गरी बस्ने सन्जमानलाई आफ्नै श्रीमती ३० वर्षीया शान्ति राईको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन ८ गते डेरा कोठामा सन्जमानले शान्तिलाई खैनी माड्न लगाएका थिए । सोही विषयमा विवाद हुँदा सन्जमानले कोठामा रहेको कैँचीले श्रीमतीको पेटमा प्रहार गरी गम्भीर घाइते बनाए ।

सन्जमानले श्रीमतीलाई बाटोमा हिँड्दा लडेर रडले घोचेको भन्न सिकाए र जिल्ला अस्पताल ताप्लेजुङमा गएर कैँचीले बनाएको घाउमा सिलाएर उनीहरू घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

साउन ९ गतेदेखि शान्तिको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनको दिसा –पिसाब बन्द हुने र बान्ता हुने समस्या देखिएपछि थप उपचारका लागि अस्पताल लैजाने क्रममा साउन १० गते बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्जमानले घटनाको झूटा कथा बनाएर प्रहरीमा निवेदन दिएका थिए । उनले निवेदनमा श्रीमती सडकमा लड्दा रडले पेटमा घोचेर घाउ भएको र उपचारका क्रममा मृत्यु भएको उल्लेख गरेका थिए ।

सन्जमानले दिएको निवेदनमा प्रहरीलाई शंका लागी घटनाको अनुसन्धानका क्रममा सन्जमानका बहिनी –ज्वाइँले घटनाको वास्तविकता खुलाएपछि हत्याको रहस्य खुलेको डीएसपी गौतमले बताए ।

हत्या गरेको खुलेपछि प्रहरीले सन्जमानलाई आइतबार (आज) पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ताप्लेजुङ अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सन्जमानले २०८१ सालमा तेह्रथुमकी ३ जना बच्चाकी आमा शान्तिलाई भगाएर ल्याएर ताप्लेजुङमा सँगै बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.