ससुराली घरमा पत्नीको हत्या, पाँचथरका युवक पक्राउ

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १६, शुक्रबार १५:१६

पाँचथर । पत्नीे (श्रीमती)को हत्या गरेको आरोपमा पाँचथरको फालेलुङ गाउँपालिका–७ आहालेका २७ वर्षीय महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महेन्द्रले बिहीबार राति फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमै २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेका थिए । कोदालोको पासोले प्रहार गरेर महेन्द्रले पत्नी अनुको हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी अनुलाई सुरुमा जिल्ला अस्पताल पाँचथर पुर्याइएको थियो । अवस्था जटिल देखिएपछि उनलाई झापाको बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । तर, शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका महेन्द्रलाई प्रहरीले फिदिम नगरपालिका–६ गोलेगाउँबाट पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.