काठमाडौं जाँदै गरेको बसमा ब्राउन सुगर, सुनसरीबाट पक्राउ परे यात्रु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २०, मंगलबार ०९:४०

विराटनगर । काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) फेला परेको छ ।

बसमा ब्राउन सुगर बरामद भएपछि १ जना यात्रु पक्राउ परेका छन् । पूर्व–पश्चिम लोकमार्ग हुँदै काठमाडौं हिँडेको बा प्र ०३–००१ ख २९९६ नम्बरको बसलाई प्रहरीले सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरबाट सोमबार राति ८ः४५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

बस खानतलासी गर्दा १ जना यात्रुको साथबाट ब्राउन सुगर बरामद भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोरङको केराबारी गाउँपालिका–८ का २८ वर्षीय बालकुमार पाण्डेले लगाएको हाफपाइन्टको दाहिने गोजीमा ब्राउन सुगर फेला परेको हो ।

पाण्डे उक्त बस चढेर काठमाडौं जाँदै थिए । गोजीबाट ४४ ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि उनलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए ।

पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.