झापामा प्रतिबन्धित औषधिसहित मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक पक्राउ

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार १०:४९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा । झापाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक गंगाबहादुर खड्का र कमल गाउँपालिका–६ का विष्णुप्रसाद बगाले रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले बुधबार राति करिब ११ बजे बगालेको घरमा छापा मार्दा ठूलो मात्रामा गैरकानुनी औषधि बरामद भएको हो । प्रहरीका अनुसार तलासीका क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३ हजार थान, डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २ हजार १ सय १० थान र स्पास्पेन ट्याब्लेट २ हजार ५० थान फेला परेको छ ।

यी औषधि नेपालमा प्रतिबन्धित छन् । बरामद औषधिसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्का दमक नगरपालिका–६ थानारोडस्थित ‘दमक मेडिकल डिस्ट्रीब्युटर’ का सञ्चालक हुन् । प्रहरीले औषधिहरू कहाँबाट कसरी ल्याइयो, बिक्री गर्न खोजिएको वा संकलन मात्र गरिएको भन्ने विषयमा अनुसन्धान अगाडि बढाइरहेको छ ।

औषधिको स्रोत र अन्य संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ । यो घटनाले मेडिकल व्यवसायको नाममा गैरकानुनी औषधि कारोबार हुने क्रम चलिरहेको स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.