विराटनगरबाट १४१ ग्राम ब्राउनसुगरसहित २ भारतीय पक्राउ

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार ०६:३७
फाइल फाेटाे

विराटनगर । विराटनगरकाे सीमावर्ती क्षेत्रबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत – २ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत– १० का ३५ वर्षीय सरफराज छन् ।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मो सिकंदर बाखतको साथबाट सेतो प्लास्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवै जनाले मिलेमतोमा भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.