मोरङमा पतिको कुटाइबाट पत्नीको मृत्यु

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार ११:४९

विराटनगर । पतिको कुटाइबाट मोरङको कानेपोखरीकी १ जना महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको हो

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्बीमाथि आइतबार राति ८ बजेतिर पतिले कुटपिट गरेको प्रहरीको भनाइ छ ।

कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । ‘अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तले आफूखुसी घरतिर लिएर गएका थिए,’ डीएसपी सुनारले भने, ‘घर लैजाँदै गर्दा बाटैमा साँझ उनको मृत्यु भएको पाइएको छ ।’

पति–पत्नीबीचको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनको अवस्था सामान्य छ । छोटेलालको पनि कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.