झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार ११:४५

विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।

कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो ।

मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका उनी राति अचानक कारागारबाट फरार भएको जेलर लामिछानेले बताए ।

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेर कारागारको वस्तुस्थितिका बारेमा जानकारी लिएको छ । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्नेदेखि लिएर कैदी फरार भएकाको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ । झुम्का कारागारमा १ हजार ७ सय ९५ जना कैदीबन्दी थिए । खत्री फरार भएपछि १ हजार ७ सय ९४ जना रहेका छन् ।

जेलर लामिछानेका अनुसार खत्रीको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘सबैतिर खोजी भइरहेको छ । तर, हालसम्म फेला पार्न सकिएको छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.