
विराटनगर । विराटनगरस्थित बाल सुधार गृहमा बुधबार झडप भएको छ ।
झडपमा परी एक जना वरिष्ठ हवलदार प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना स्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू जाँदै गरेका छन् ।

























