
काठमाडौं । धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधका २ जना कारोबारीलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ बाट पप्पु साह र १ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट २२५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार पप्पु साहको दाहिने खुट्टामा गोली लागेको छ । सामान्य अवस्थाका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर राकेश यादव र सई बालकृष्ण सञ्जेलसहितको टोलीले लागुऔषध कारोबारीमाथि गोली चलाएको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























