विराटनगरमा रथयात्रा जारी (फोटो फिचर)

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र १, आइतबार १७:४१

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा जारी छ । आइतबार दिउँसो ४ बजे राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी छन् ।

मन्दिर परिसरबाट सुरु भएको रथले जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट मन्दिर परिसरमा पुगेर समापन हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ ।

Advertisement

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×