मोरङको कटहरीमा झगडा : हतियार प्रहारबाट १ जना घाइते

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १२:३६
सांकेतिक तस्बिर ।

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा झगडा हुँदा १ जना व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।

धारिलो हतियार प्रहारबाट कटहरी–४ का २७ वर्षीय शेख आजम घाइते भएका छन् । घाँटीमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ रेफर गरिएको छ ।

अवस्था मध्यम रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार सोमबार राति आजम र कटहरी–३ का २० वर्षीय विभीषण सहनीबीच विवाद भएको थियो । प्रहरीका अनुसार आजम ८–१० जना युवासहित सहनीसँग झगडा गर्न पुगेका थिए ।

त्यसपछि सहनी पक्षका मान्छे भेला भएर आजम पक्षलाई लखेटेको थियो । त्यही क्रममा उनीमाथि धारिलो हतियार प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन् । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा अन्दाजी २५ वर्षीय कृष्ण सहनी पक्राउ परेका छन् ।

उनी झगडामा संलग्न भनिएका विभीषणका दाजु हुन् । विभीषणलगायत घटनामा संलग्न अरु फरार रहेको र खोजी तीव्र पारिएको जानकारी डीएसपी चुँडालले दिइन् । ‘घटनामा संलग्नको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान पनि भइरहेको छ,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.