कोशी प्रदेशसभाअगाडि पत्रकारको प्रदर्शन (फोटो फिचर)

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ६, शुक्रबार १३:५७

विराटनगर । कोशी प्रदेश सरकारले तयार गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।

पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिबाना गर्न सकिने विधेयक तयार गरेको विरोधमा प्रदेशभसभा अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारहरुले जरिबानाको प्रावधान हटाउन माग गरेका छन् ।

पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले प्रेस विरोधी विधेयक सच्याउन माग गरे । विधेयकप्रति आफूहरुको असहमति रहेको उनको भनाइ छ । प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा प्रहरीसँग घम्साघम्सीसमेत भएको थियो । पत्रकारहरुको शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ ।

पत्रकारलाई १ लाख रूपैयाँसम्म जरिबाना गर्ने प्रावधानको पत्रकारले विरोध गरिरहेका छन् । सरकारले भने प्रेसलाई नै अंकुश लगाउने गरी कानुन बनाउन खोजिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.