
रौतहट । रौतहटको माधवनारायण नगरपालिका– २ की २६ वर्षीया रुबीकुमारी साहको हत्या पछि शव सीटी सफारीमा लगेको खुलेको छ । प्रहरीका अनुसार गौर नगरपालिका–५ स्थित एक घरमा उनको हत्या भएको थियो । हत्याको आरोप माधवपुरका लक्ष्मण पासवानमाथि छ । पासवान मृतक साहकाे छिमेकी हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्यापछि शव व्यवस्थापनका लागि भन्दै सिटी सफारीमा लगेको देखिएको प्रहरीले बताएको छ । तर, सिटी सफारी बिग्रीएका कारण सडकमै सुटकेश राखेर उनी फरार भएका थिए ।
रिक्सा चालक राजकुमार महरा प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान मानेनन् । त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेका थिए ।
घटनापछि पासवान फरार छन् । हत्याको कारण नखुलेकाे प्रहरीले जनाएकाे छ ।

























