
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
बझाङ घर भएकी रश्मिला धामीले गालीबेइज्जती र चरित्रहत्या गरेको आरोप लगाउँदै महरविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पुर्जी जारी भएसँगै महरलाई पक्राउ गरेर अनुसन्धान एवं कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई बाटो खुलेको छ । महर र धामीबीच सामाजिक सञ्जाल हुँदै सार्वजनिक वाकयुद्ध चलेको विषयले पछिल्लो समय चर्चा पाएको थियो ।

























