फाइल फाेटाेविराटनगर । प्रहरीले झापाको मेचीनगर नगरपालिका –८ गिरीगाउँबाट लागुऔषध खैराे हिराेइनसहित २ जनालाई पक्राउ गरेकाे छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ बस्ने ३२ वर्षीय अजय मेचे र भारत, पश्चिम बंगाल, दार्जिलिङ नक्सलबारी भिमराम उत्तर रथखोलाका ३० वर्षीय कनकन राह (उर्फ टान्टु)लाई पक्राउ गरेकाे हाे ।
मे ११ प ४२३३ नम्बरको सुपर स्लेन्डर मोटरसाइकलमा ईँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेका उनीहरूकाे साथबाट १०० ग्राम १०० मिलिग्राम खैरो हेरोइन फेला परेको हाे ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

























