झापामा हतियार देखाएर लुटपाट

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार ११:०६
सांकेतिक तस्बिर ।

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ बच्चाबगरमा बिहीबार राति ३ जनाको समूहले धारिलो हतियार देखाएर लुटपाट गरेको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार राति करिब ८ः४० बजेतिर मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले स्थानीय कृष्णकुमारी राईको घरमा प्रवेश गरी जबर्जस्ती सुन र नगद लुटपाट गरेका हुन् । घटनामा ५३ वर्षीया राईले लगाइरहेको करिब २ तोला ५ आना सुनको सिक्री, हातको सुनको औँठीसहित जम्मा ३ तोला सुन र घरभित्र पर्समा राखेको १ लाख रुपैयाँ नगद लुटिएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ७ लाख बराबरको लुटपाट भएको प्रारम्भिक अनुमान छ । लुटपाटमा संलग्नमध्ये १ जनाले टाउकोमा टोपी र कालो ज्याकेट लगाएको, बाँकी २ जनाले हल्का पहेँलो ज्याकेट लगाएको र उनीहरू मंगोलियन अनुहारका देखिने प्रहरीको भनाइ छ ।

उनीहरूले खुकुरी र चक्कु देखाएर धम्क्याउँदै राईको शरीरमा लगाएको गहना खोसेर भागेको डीएसपी खड्काले बताए । घटनाको जानकारी पाउनसाथ राति नै इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले लुटपाटमा संलग्न समूहको पहिचान र खोजी कार्य तीव्र पारिएको जनाएको छ । राति अचानकको घटनापछि स्थानीय त्रसित बनेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.