विराटनगरसहित मोरङका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन, पुष्पलालको शालिक तोडफोड

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २४, मंगलबार ११:२०

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा आज (मंगलबार) बिहानैदेखि जेनजी पुस्ताको आन्दोलन चर्किएको छ ।

ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको छ । सयौंको संख्यामा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । विराटनगरको बसपार्क, देवकोटा चोक, पुष्पलाल चोक लगायतका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भइरहेको छ ।

मोरङको पथरीशनिश्चरे, राम चोक लगायतका विभिन्न स्थानमा जेनजीको प्रदर्शन जारी छ । यसैबीच, विराटनगरको पुष्पलाल चोकमा रहेको शालिक तोडफोड गरिएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिक तोडफोड गरिएको हो ।

त्यस्तै, प्रदर्शनकारीले विराटनगरमा एउटा मोटरसाइकलसमेत जलाएका छन् । बसपार्कनजिकको सडकमा गुडिरहेको मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.