टोपबहादुर रायमाझीसहित ३३ सय कैदीबन्दी फरार

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार १५:५२
सांकेतिक फोटो ।

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा कारागार चलान गरिएका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् ।

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट मंगलबार राति उनीहरु भागेका हुन् । कारागार प्रशासनका अनुसार करिब ३ हजार ८ सय कैदीबन्दी राखिएको थियो । तीमध्ये अहिले करिब ५ सय मात्र भित्र रहेका छन् ।

भद्रबन्दी गृहमा करिब १ सय, महिला बन्दी गृहमा पनि १ एक सय र सेन्ट्रल कारागारमा करिब ३ सयकै हाराहारीमा मात्र कैदीबन्दी रहेको स्रोतले जानकारी दिएको छ । फरारमध्ये रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

फरार भएकामध्ये केही कैदीबन्दी स्वेच्छाले फर्कन थालेको कारागार प्रशासनले जनाएको छ । हालसम्म करिब ५० जना कैदीबन्दी फर्किएको र अझै केही फर्किने क्रममा रहेको बताइएको छ ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीले मंगलबार राति करिब १० बजे सुन्धारास्थित केन्द्रीय कारागारमा तोडफोड गरेका थिए । त्यसक्रममा सुरक्षाका लागि खटिएका प्रहरीहरू भागेर नेपाली सेनाको जंगी अड्डा पुगेका थिए ।

त्यसपछि मात्रै नेपाली सेना कारागार पुगेको थियो । सेनाको टोली पुग्दा सम्ममा करिब ३ हजार ३ सय कैदीबन्दी फरार भइसकेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.