
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निर्घात कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डाक्टर आरजु राणाको उपचार भइरहेको छ ।
उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो ।
घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गर्दै टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।
त्यसपछि उनीहरुलाई उपचारका लागि नेपाली सेनाले हेलिक्पटर मार्फत अस्पताल पुर्याएको थियो ।

























