झापाबाट ९२ जना थुनुवा फरार, सेनाको सहयोगमा खोजी तीव्र

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार १३:४०

झापा । जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि झापामा प्रहरी नियन्त्रणमा रहेका ९२ जना थुनुवा भाग्न सफल भएका छन् ।

आन्दोलनकारी समूहले विभिन्न इलाका प्रहरी कार्यालयहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि गम्भीर र जघन्य अपराधमा संलग्न थुनुवा भागेका थिए । प्रहरीका अनुसार थुनुवा भगाउने उद्देश्यले नै आक्रमण गरिएको थियो ।

प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी जम्मा ९२ जना थुनुवा फरार भएका हुन् । आन्दोलनमा संलग्न प्रदर्शनकारीले प्रहरी परिसर घेराउ गर्दै ढुंगामुढा, आगजनी र तोडफोड गरेपछि प्रहरीलाई नियन्त्रणमा लिन कठिनाइ भएको र त्यसकै मौका छोपेर थुनुवाहरू भागेको उनले बताए ।

भागेकामध्ये धेरैजना हत्या, बलात्कार, लागुऔषध कारोबार, चोरी तथा ठगीजस्ता गम्भीर मुद्दामा अनुसन्धान वा कारबाहीको क्रममा रहेका थिए । थुनुवा फरार भएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्काल सुरक्षा निकायसँग समन्वय गरी नियन्त्रणमा लिने तयारी थालेको छ ।

नेपाली सेनाको सहयोगमा फरार थुनुवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । झापामा अराजकता र अशान्ति फैलिन नदिने उद्देश्यले प्रशासनले उच्च सतर्कता अपनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.