
विराटनगर । जेनजी आन्दोलनका नाममा विराटनगरको भाटभटेनी सुपर मार्केटमा लुटपाट र चोरी गर्नेको फोटो सार्वजनिक गरिएको छ ।

आन्दोलनका क्रममा भदौ २४ गते मंगलबार भाटभटेनीमा तोडफोड र आगजनी गरिएको थियो । त्योसँगै लुटपाट मच्चाइयो । भाटभटेनीले सामान लुटपाट र चोरी गर्नेहरुको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

आन्दोलनका क्रममा अराजक समूहले सुपर मार्केट तोडफोड, लुटपाट गर्नुकासाथै आगजनी गरेको थियो । भाटभटेनीले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगरमा भएको लुटपाट गर्नेहरुको फोटो सार्वजनिक गरेको छ ।

भाटभटेनीको विराटनगरसँगै धरान, दमक र बिर्तामोड शाखामा आगजनी एवं लुटपाट भएको थियो । धरानको भाटभटेनीमा लुटपाट गर्न गएका ४ जनाको जलेर मृत्यु भएको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ ।





फोटो स्रोत भाटभटेनी सुपर मार्केटको फेसबुक

























