
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दीहरूलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।
कारागारबाट भागेका ३ जना नाइजेरियन र १ जना ब्राजिलका गरी ४ विदेशी कैदीबन्दीलाई नेपाल–भारता सीमा क्षेत्र दशगजा (धनुषा)बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नाइजेरिय नगरिकहरु ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे तथा ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेका छन् । पक्राउ परेकाहरूलाई नख्खु कारागार पठाउने प्रहरीले जनाएको छ ।

























