जेलबाट भागेर श्रीमतीको हत्या, हत्यापछि कारागार फर्किएका थिए सन्तबहादुर

Share this
835shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १४:४१

काठमाडाैं । नख्खु कारागारबाट भागेका कैदी सन्तबहादुर तामाङ काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर नख्खु कारागार फर्किएको खुलेको छ।

श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहका अनुसार हत्याको आरोपबाट जोगिन उनी कारागार फर्किएको प्रहरीको आशंका छ।

भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट भागेका थिए ।

असोज २ गते राति श्रीमती पर–पुरुषसँग लागेको शंकाको आधारमा श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । सन्तबहादुरले कुटपिट गर्दा मृत्यु भएपछि उनी करेसाबारीमा शव गाडेर फर्किएका थिए ।

उनी असोज ३ गते नख्खु कारागारमा फर्किएका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका उनीमाथि अब कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान हुनेछ ।

तामाङका १२ वर्षीय एक छोरा र तीन वर्षीया छोरी छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.