अपहरणपछि बालकको हत्या, आफन्तसहित ८ जना पक्राउ

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ७, मंगलबार ११:३०

सिराहा । अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय बालकको शव फेला परेको छ । ३ दिनदेखि बेपत्ता बालकको शव भेटिएको हो ।

सिराहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीका अनुसार आइतबार राति ८ बजेदेखि बेपत्ता उनको शव मंगलबार बिहान घरनजिकै क्षतविक्षत अवस्थामा फेला परेको हो ।

जनता आधारभूत विद्यालय नजिकको आँपको रुखमुनी शव सडेर दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरभर नीलडाम भएको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको सिराहा प्रहरी प्रमुख एसपी अनन्तकुमार शर्माले जानकारी दिए ।

‘अपहरणपछि हत्या भएको स्पष्ट देखिएको छ । फरेन्सिक विज्ञ तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने । अभिषेक आइतबार राति खाना खाएर घर बाहिर निस्किएपछि हराएका थिए । रातभर खोजी गर्दा प्नि फेला परेनन् ।

भोलिपल्ट सोमबार बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले हिन्दी भाषामा ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि अभिषेक फेला परेनन् ।

अभिषेकका बुवा सञ्जय सिंहको करेन्ट लागेर ७ वर्षअघि मृत्यु भएको थियो । उनी परिवारका १ मात्र छोरा थिए । बीचमै पढाइ छाडेका उनले परिवारलाई सहयोग गर्न सीटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए ।

बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले असुरक्षा बढेको महसुस गरिरहेका छन् ।

यसैबीच, घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । बालकको अपहरण र हत्यामा संलग्न भएको आशंकामा उनकै आफन्त र छिमेकी पक्राउ परेका हुन् । थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन ।

बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने एसपी शर्माले बताए । उनले घटना अनुसन्धानकै क्रममा रहेकोले नाम भने गोप्य राखिएको जनाए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.