इटहरीमा लेनदेनको विवाद हुँदा १ जनाको मृत्यु 

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार ०९:३६
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

इटहरी । सुनसरीको इटहरीमा लेनदेनको विवाद हुँदा कुटपिटमा १ जना पुरुषको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटबाट मंगलबार राति ११:२० बजेतिर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

सोही ठाउँका ५५ वर्षीय लाले चौधरीलाई रामकुमारको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रामकुमारसँग मंगलबार राति ९ः३० बजेतिर लेनदेनको विषयमा विवाद भएको थियो ।

दुवै जनाबीच विवाद बढ्दै गएपछि लालेले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका रामकुमारलाई उनकै परिवारले इटहरीको सान्बी सिटी अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले लाले चौधरीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.