
विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ बाट ३ सय केजी लागुऔषध गाँजासहित एउटा भारतीय नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महेन्द्रनगर–५ को सडक छेउमा रोकेर राखेको गाडीलाई शंका लागी नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाडीभित्र लागुऔषध गाँजा ३ सय ४० केजी बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरको गस्ती टोलीले असोज १० गते बिहानका राति १ः४० बजेतिर उक्त गाँजा बरामद गरेको हो ।
सडक छेउमा रहेको भारतीय नम्बर बीआर ११ बीआर ७१०२ को कार चेकजाँच गर्दा प्लास्टिकमा प्याक गरी राखिएको ३ सय ४० केजी गाँजा फेला परेको एसएसपी पोखरेलले बताए ।
बरामद गाँजा गर्दै कारलाई नियन्त्रणमा लिएर ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

























