जेनजी प्रदर्शनमा आगजनी र तोडफोडका २३ आरोपी छाडिँदै

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १४, मंगलबार १४:२५

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज छाडँदै छ ।

गत भदौ २३ र २४ गते ललितपुरमा भएको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका २३ जनालाई आज उनीहरूको परिवारको जिम्मामा छाडिने भएको प्रहरीले जनाएको छ ।

चाडपर्वलाई ध्यानमा राखेर उनीहरूलाई अनुसन्धान अधिकृतले परिवारको जिम्मामा छाड्न लागिएको बताइएको छ ।  ललितपुरस्थित थुनुवा कक्षमा रहेका २३ जना आरोपीलाई आजै परिवारको जिम्मामा छाड्न लागिएको हो ।

उनीहरूमाथि लागेको अपराध अनुसारको मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । विगतदेखि नै कर्तव्य ज्यान, खतरनाक अपराधी तथा गम्भीर प्रकृतिका अपराध बाहेकका आरोपीहरूलाई दसैँजस्तो चाडपर्वमा परिवारलाई जिम्मा लगाएर छाड्ने गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई चाडपर्वपछि परिवारले फेरि फर्काउने गरी छाड्न लागिएको हो । यस निर्णयले पक्राउ परेका युवाहरूले चाडपर्व परिवारसँग मनाउन पाउने भएका छन् ।

यसअघि जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो र भिडियो संकलन गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया भने अगाडि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.