जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीबन्दी अझै फर्केनन् 

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २२, बुधबार १८:३२
झुम्का कारागारमा एक जना बन्दीको मृत्यु

विराटनगर । सुनसरीको भुम्का कारागारबाट ठुलो संख्यामा भागेका कैदीबन्दी अझैसम्म पनि कारागार फर्केका छैनन् ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ७ सय १ जना बाहिरै रहेको जेल प्रशासनले जनाएको छ ।

असोज २० गतेभित्र नफर्किए कानुन बमोजिम कारबाही गर्ने भनेर कारागार प्रशासनले सूचना जारी गरे पनि हालसम्म १ हजार ९२ जना मात्रै फर्किएको जेलर सुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार फर्किएकामध्ये ३ जना सिन्धुली कारागारमा छन् भने कारागार बाहिरै रहेका मध्येबाट विदेशी भारत र भुटानका ५२ जना छन् । भारतका १० जना सम्पर्कमा आए पनि अन्य सम्पर्कविहीन छन् ।

जेल प्रशासनले तोकेको समयभित्र नफर्किने कैदीबन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

भदौ २४ गते राति कारागारबाट १ हजार ७ सय ९६ जना कैदीबन्दी भागेका थिए । कारागारबाट बाहिरिएका कैदीबन्दीमध्ये बराहक्षेत्र–७ का २८ वर्षीय ईश्वर थापाले केही दिनअघि आत्महत्याको प्रयास गरेका थिए ।

उनको अहिले उपचार भइरहेको जेल प्रशासनले जनाएको छ । थापा लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका छन् ।

जेनजी आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नु पर्ने माग राखेपछि उनीहरू निस्किएका थिए । त्यसपछि क्रमशः ब्लक ‘ए’ का पनि कैदीबन्दी निस्किएर हिँडेका थिए ।

कैदीबन्दी बाहिरिन थालेपछि जेल प्रशासनले सेनालाई खबर गरे पनि समयमै आइ नपुग्दा धेरै कैदीबन्दी बाहिरिएका थिए । झुम्का कारागारको ‘ए’ र  ‘बी’ कारागारबाट भागेर फर्किएका र जेनजी आन्दोलनपछि विभिन्न मुद्दा फैसला भएर सजाय तोकेर थपिएका सहित १ हजार ९५ जना कैदीबन्दी छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.