झापामा बलात्कारबाट १३ वर्षीया बालिका गर्भवती

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २४, शुक्रबार ११:००

विराटनगर । झापामा बलात्कार (जबरजस्ती करणी)बाट १३ वर्षीया बालिका गर्भवती भएको घटना बाहिर आएको छ । बलात्कार गरेर बालिकालाई गर्भवती बनाएको आरोपमा १ जना युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटना २०८१ चैत २५ गतेको हो । बालिकालाई गर्भवती बनाउने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धमलाले चैत २५ गते घरनजिकको बाँसघारीमा लगेर बालिकलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बलात्कारपछि बालिका गर्भवती भएकी थिइन् । बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्दा उनी बलात्कृत भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

धमलाले डर र त्रास देखाएर बालिकालाई करणी गरेको र उनी गर्भवती भएपछि घटना बाहिर आएको प्रहरीले उल्लेख गरेको छ । पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय झिलझिलेमा किटानी जाहेरी दिएपछि प्रहरीले धमलालाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

धमालविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । धमलालाई अहिले झिलझिले प्रहरीको हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.