सुनसरीमा सीटी सफारी चालकको गोली हानी हत्या

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार २१:१४

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सीटी सफारी चालकको गोली हानेर हत्या गरिएको छ । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली प्रहार गरी फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी याेगराज खतिवडाले गाेली हानिएको हाे वा अन्य हतियार प्रयाेग गरिएको भन्ने पाेष्टमार्टम पछि मात्रै खुल्ने बताए ।

प्रारम्भिक अनुसन्धानपछि चौधरीको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । माेटरसाइकलमा आएका तीन जनाको समूहले गाेली हानेकाे प्रहरी स्राेतकाे दाबी छ ।

घटनाका कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.